सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायतमा बढ्यो ओमिक्रोन, २४ घण्टामा एक लाख २९ हजार संक्रमित थपिए

बेलायतमा बढ्यो ओमिक्रोन, २४ घण्टामा एक लाख २९ हजार संक्रमित थपिए

बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा बढी संक्रमित भएका बताइएको छ। यहाँ गएको २४ घन्टा यता मात्र अर्थात् सोमबार मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका छन्। यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा बताएका हुन्।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

National life
Laxmi sunrise bank
kumari

लन्डन- बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा बढी संक्रमित भएका बताइएको छ। यहाँ गएको २४ घन्टा यता मात्र अर्थात् सोमबार मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका छन्। यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा बताएका हुन्।

 उनीहरुका अनुसार सोमबार यहाँ सोमबार कोरोनाका कारण १८ जनाको ज्यान गएको बताएका छन्। यहाँ अहिलेसम्ममा १ करोड २३ लाख भन्दा बढी संक्रमित पाइएका छन्।त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार २१ जनाको ज्यान गएको बताएका छन्।

 यहाँ पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ। जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ।पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ। 

प्रकाशित: Dec 29, 2021| 21:32 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।