शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एउटै आयोजनाको काम सक्न १३ वर्ष : पानी आउने आशमा बसेका उपभोक्ता निराश

एउटै आयोजनाको काम सक्न १३ वर्ष : पानी आउने आशमा बसेका उपभोक्ता निराश

साविकको कुश्मीशेरा गाविस (जैमिनी नगरपालिकाको मुकाम)लाई खानेपानी पुर्‍याउने गरी १२ वर्षअघि सुरु भएको खानेपानी आयोजनाको काम सकिन अझै एक बर्ष लाग्ने भएको छ।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

बलेवा- साविकको कुश्मीशेरा गाविस (जैमिनी नगरपालिकाको मुकाम)लाई खानेपानी पुर्‍याउने गरी १२ वर्षअघि सुरु भएको खानेपानी आयोजनाको काम सकिन अझै एक बर्ष लाग्ने भएको छ। 

National life

पहिले बजेट अभाव र पछिल्लो समय मुहानको समस्याका कारण बृहत कुश्मीशेरा खानेपानी आयोजनाको अवधि लम्बिएको हो। आयोजनाअन्र्तगत मुख्य योजनाको ट्याङ्की पाइपलाइन र उपभोक्ताका घर–घरमा धारा निर्माण भइसक्दासमेत मुहानबाट पानी ल्याउन नसकिएको हो। 

बागलुङ नगरपालिका–११ रायडाँडामा रहेको बेतिनी खोलामा रहेको मुहानमा पहिले विवाद र पछिल्लो पटक बाढीले ठूलो क्षति पु¥याएको छ। मुहानमा रहेको समस्याका कारण तत्काल पानी ल्याउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष रुद्र आचार्यले बताए। 

सङ्घीय सरकारबाट सुरु भएको यो आयोजना सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारले जिम्मेवारी लिएको छ। 'पहिले बजेट न्यून हुँदा काम गर्न कठिन थियो, अहिले बजेटको समस्या छैन्, प्रदेशमा आएपछि भइरहेका काम बनेका हुन्,' उनले भने, 'अब काम रोकिन्न एक वर्षभित्र उपभोक्ताका धारामा पानी पु¥याउने लक्ष्य छ।'

एक सय घनमिटर, २० घनमिटर र १५ घन मिटरका ट्यांकी निर्माण भइसकेका छन्। झण्डै ६ किलोमिटर पाइपलाईनको काम सकिएको भए पनि मुहानबाट पानी चलाउन नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर विक्रम शाहले बताए। '३०० धारा निर्माण भइसकेका छन्, बाँकी दुई सय धारा निर्माण हुन बाँकी छन्,' उनले भने, 'पहिले मुहानको पानी ल्याउन सके धारा बनाउन बजेटको समस्या हुन्न, कार्यालय कामका लागि तयार छ।' उनका अनुसार मुहानमा बाढीले पुर्या‍एको क्षतिको मर्मतका लागि सुधार विस्तारको काम भइरहेको छ। 

Laxmi sunrise bank
kumari

चालू आर्थिक वर्षमा विनियोजन भएको रु ४० लाखको काम सकिएको छ। उपभोक्ताको घर घरमा धारा निर्माणमा बजेट सकिएको अध्यक्ष आचार्यले बताए। सुधार विस्तारको लागि रु २० लाख मात्रै विनियोजित बजेट छ। 'बाढीपहिरोका कारण बनेका संरचनामा क्षति धेरै भएको छ, सुधार विस्तारको काम धेरै भएकाले बजेट अपुग हुन्छ', उनले भने, 'बजेट थप भएर आउने कुरा छ, सोही अनुसार काम अघि बढ्छ।' 

आयोजना अन्तर्गत साना आयोजना १४ वटा छन्। सबै साना आयोजनामा समेत १२ वर्षअघि निर्माण थालिएका संरचना अधुरै छन्। आयोजना सुरु भएपछि खानेपानीको आशामा रहेका उपभोक्ता भने लामो समय धारामा पानी नआउँदा निराश छन्। 'बनेका धारा भत्किने अवस्थामा पुगे पानी आएन, आशामै बिते १२ वर्ष', उपभोक्ता क्षमकला शर्माले भन्नुभयो ‘पानी नहुँदा बनेको धाराको संरक्षण गर्न पनि सकिएन।  

प्रकाशित: Dec 29, 2021| 21:00 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।