मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोकको सल्लेडाँडामा जीप खस्यो, ५ जनाको मृत्यु 

सिन्धुपाल्चोकको सल्लेडाँडामा जीप खस्यो, ५ जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ सल्लेडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । तिपेनीबाट मानेखर्कका लागि छुटेको लु १ ख ९९९ नम्बरको जीप सल्लेडाँडाको भिरबाट ४ सय मिटर तल खस्दा दुर्घटना भएको हो । 

दुर्घटनामा परि पाँचपोखरी थाङपालधाप गाउँपालिका – ३ का जयरानी तामाङ, भिमबहादुर तामाङ, पदम तामाङ, सुनमाया तामाङ र नानी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार ३ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । 

बिहीबार बेलुका भएको दुर्घटनामा चालक सहित अन्य ८ जना घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । जीपमा १३ जना सबार रहेका थिए ।  घाइतेहरुको काठमाडौंका जोरपाटीमा रहेको मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको उनले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।