शनिबार, असोज ३१, २०८३

भत्काइएको वीरेन्द्रको सालिक पुनः ठडियो

सुर्खेतको वीरेन्द्रचौकमा स्वर्गीय राजा वीरेन्द्रविरबिक्रम शाहको सालिक राखिएको छ। वीरेन्द्रको ७६औं जन्मजयन्तिको अवसरमा वीरेन्द्रचौकमा अर्ध कदको सालिक राखिएको हो।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

सुर्खेत- सुर्खेतको वीरेन्द्रचौकमा स्वर्गीय राजा वीरेन्द्रविरबिक्रम शाहको सालिक राखिएको छ। वीरेन्द्रको ७६औं जन्मजयन्तिको अवसरमा वीरेन्द्रचौकमा अर्ध कदको सालिक राखिएको हो। 

युवाहरूको समूहले चौकमा सालिक राखेको हो। यो समूहको अगुवाइ गोरक्ष पिठादिस योगी बलभद्रले गरेका हुन्। उनकै अगुवाइ युवाहरूको समूहले वीरेन्द्रचौकमा सालिक राखेको हो।

इतिहासलाई जोगाउनुपर्ने भन्दै सालिक राखिएको युवाहरूले बताएका छन्। वीरेन्द्रनगरको विकासमा योगदान पुर्‍याएको भन्दै २०४४ सालमा पहिलो पटक वीरेन्द्रचौकमा वीरेन्द्रको सालिक राखिएको थियो। 

तर, २०६२/०६३ मा आन्दोलनले वीरेन्द्रको सालिक फालिदिएका थिए। आन्दोलनकारीले गणतन्त्रको नारा लगाउँदै सालिक तोडफोड गरेर सालिक भत्काइ दिएका थिए।

प्रकाशित: Dec 29, 2021| 13:12 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।