मंगलबार, असार ३०, २०८३

भद्र र रुपसीले चीनसंगको सम्बन्ध गाढा बनाउने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई थप गाढा बनाउन भद्र र रुपसीले सहयोग गर्ने बताएका छन् । 

बिहिबार चीन सरकारलाई नेपालको तर्फबाट एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले चीनसंगको सम्बन्ध बलियो बनाउन गैंडा सहयोगी भएको बताएका हुन् । उनले भने– भृकुटी र अरनिकोबाट सुरु भएको नेपालचीन सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाउने छन् ।  

प्रधानमन्त्रीओलीले नेपालका लागि चीनका राजदुत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गरेका हुन् । दुई वर्ष भन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको हो ।

हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले भने “भद्र र रुपसी चीनमा आफ्नै घर जस्तो गरी स्वास्थ्य ढंगले हुर्किनेछन् । सन्तान वृद्धि गर्नेछन् ।”

प्रधानमन्त्री ओलीले नेपाल वन्यजन्तु र चराचुरुंगीका लागि विशेष क्षेत्र भएको बताए । साइवेरियादेखि श्रीलंकासम्मका चरा नेपालमा प्रजननका लागि आउनु त्यसैको एउटा नमुना भएको उनको भनाइ थियो ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।