काठमाडौं- झापामा मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दमक नगरपालिका-२ भाङबारीमा गएराति मोटरसाइकल रुखमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
प्र १–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किँएको थियो।
मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती ४ का १९ वर्षका किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ वर्षीय अनिल लामगादेको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।
उनीहरू तीनै जना एकै मोटरसाइकलमा सवार रहेको प्रहरीद्ये जनाएको छ। उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको प्रहरीको भनाइ छ।