सोमबार, फागुन २५, २०८२

इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध हटाउने

मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

जेरुसलेम- इजरायलले ५५ देशमा यात्रा प्रतिबन्ध फुकुवा गर्ने स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ। 

National life

अधिकांश अफ्रिकी देशहरू प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन्। साथै जर्मनी, डेनमार्क, इटाली, स्वीडेन, आयरल्याण्ड, बेल्जियम, फिनल्याण्ड र नर्वे लगायतका केही युरोपेली देशहरू पनि प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन्। 

यद्यपि, मेक्सिकोलाई खतराको रातो सूचीमा थपिनेछ र यो सँगै संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, इथियोपिया, बेलायत, दक्षिण अफ्रिका, हंगेरी, तान्जेनिया, नाइजेरिया, स्पेन, पोर्चुगल, फ्रान्स, क्यानडा, स्विट्जरल्याण्ड टर्की पनि त्यस सूचीमा पर्नेछन्।

प्रतिबन्धित देशहरूबाट फर्केका इजरायलीहरू, खोप लगाएका र निको भएकाहरू सहित, कम्तिमा सात दिनको लागि क्वारेन्टिइनमा बस्नुपर्नेछ।

प्रकाशित: Dec 28, 2021| 23:00 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।