मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि थिंक ट्यांक गठन

यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि थिंक ट्यांक गठन

नेपाल परिवार नियोजन संघले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवी गर्न ‘विशेषज्ञ कार्य समूह’ (थिंक ट्यांक) गठन गरेको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं- नेपाल परिवार नियोजन संघले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवी गर्न ‘विशेषज्ञ कार्य समूह’ (थिंक ट्यांक) गठन गरेको छ। 

समूहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारका क्षेत्रका कार्यरत विभिन्न सङ्घ÷संस्था तथा विशेषज्ञ गरी १७ जनाको सहभागिता छ। 

समूहले ती समुदायका विशेष मुद्दाको पहिचान गरी निरन्तर पैरवी गर्नेछ। समूहको आजको पहिलो बैठकमा सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले विशेष गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि 'हर्मनन  क्लिनिक’ सेवा सञ्चालन गर्ने प्रयास गरिएको जानकारी दिनुभयो। यसले विशेष गरी ‘हर्मोन चेन्ज’ गर्नेका लागि सहयोग पुग्ने बताइएको छ। 

यो सेवा नेपालमा उपलब्ध नरहेको बताइएको छ। उनले भने, 'सङ्घले लामो समयदेखि यौन तथा प्रजनन अधिकारका  क्षेत्रमा निरन्तर पैरवी गर्दै आएको छ। यही क्रममा विशेष गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका यौन तथा प्रजनन अधिकारका लागि पैरवी गर्न विज्ञ समूह गठन गरिएको हो।' सङ्घले सुरक्षित गर्भपतन सेवाका लागि नीति, ऐन तथा नियमावली जारी गर्न अनवतर पैरवी गरेको थियो।  

सो समूहले छिट्टै राष्ट्रिय कार्यशाला आयोजना गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका समस्या तथा मुद्दालाई पहिचान गरी पैरवीका लागि रणनीति समेत तयार गर्ने जनाइएको छ। 

आजको बैठकमा सहभागीले समलिङ्गी विवाह, पहिचान तथा नागरिकताका मुद्दालाई विशेषरुपमा उठान गरेका सङ्घका वरिष्ठ पैरवी अधिकृत जमुना सिटौलाले जानकारी दिए।

प्रकाशित: Dec 28, 2021| 20:31 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।