बुधबार, जेठ २०, २०८३

सिके राउतको जनमत पार्टीले धनुषामा चक्काजाम गर्ने

सिरहामा जनमतले थालेको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत जिल्लाभर चक्काजाम गर्ने जनमत पार्टी धनुषाले जनाएको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

जनकपुरधाम- बुधबार धनुषामा सिके राउत नेतृत्वको जनमत पार्टी चक्काजाम गर्ने घोषणा गरेको छ। सिरहामा जनमतले थालेको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत जिल्लाभर चक्काजाम गर्ने जनमत पार्टी धनुषाले जनाएको छ। 

National life

एक विज्ञप्ती जारी गर्दै मंगलबार साँझमा जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस र बुधबार जिल्लाभर चक्का जाम गर्ने जनमत पार्टी धनुषाको आन्दोलन समितीका दिपनारायण यादवले जनाएका हुन्। 

सिरहाको औरही गाउँपालिकाले वितरणका लागि राखेको विउ किसानले लुटेपछि प्रहरीले मुद्दा चलाएपछि जनमत पार्टीले आन्दोलन थालेको हो। 

सोही क्रममा भएको झडपमा अहिले सिरहामा निषेधाज्ञा लगाइएको छ भने जनमत पार्टीका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइएको हो। 

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पक्राउ परेका आफ्ना कार्यकर्तालाई २४ घण्टा भित्र नछाडे सिरहाका एसपीलाई जनकारवाही गर्ने धम्की समेत दिएका छन्।

Shivam cement

प्रकाशित: Dec 28, 2021| 18:15 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।