मंगलबार, भदौ २, २०८३

जन्ती बोकेको जिप रौतहटमा दुर्घटना, ५ जनाको मृत्यु

९ जना रहेको जिपमा सवार ४ जना घाइते छन्। मल्लका अनुसार गरुडा नगरपालिकाको जयनगरमा बेलुकी करिब सवा चार बजे तिर दुर्घटना भएको हो। जिप अनियन्त्रित भई सडकबाट झन्ड २० फिट तल खसेको प्रहरीले जनाएको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

गौर- रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए।

९ जना रहेको जिपमा सवार ४ जना घाइते छन्। मल्लका अनुसार गरुडा नगरपालिकाको जयनगरमा बेलुकी करिब सवा चार बजे तिर दुर्घटना भएको हो। जिप अनियन्त्रित भई सडकबाट झन्ड २० फिट तल खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि गम्भीर घाइते ९ जनालाई नै विभिन्न  अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा नै ५ जनाको मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको अहिलेसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबै भारतीय पुरुष नागरिक रहेको मल्लले बताए।

प्रकाशित: Dec 28, 2021| 18:02 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।