मंगलबार, असार ३०, २०८३

जनप्रतिनिधिको कार्यशैलीविरुद्ध किसान आन्दोलनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सर्लाही- जनप्रतिनिधिहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सर्लाही चन्द्रनगर गाउँपालिकाका किसान आन्दोलित भएका छन्। गाउँपालिकाका जनप्रतिनिधिहरुले विकासको नाउँमा किसानहरुको हकहित र अधिकार हनन् गरेको आरोप लगाउँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

स्थानीय तहले सडक निर्माणगर्न कुनै ऐन, नियम र निर्देशिका नबनाई अवैज्ञानिक तरिकाले खेतीयोग्य जग्गा जर्बजस्ती अधिग्रहण गरेको आरोप लगाउँदै किसानहरु प्रदर्शन गरेका छन्। खेतीयोग्य जग्गा अधिग्रहण गरी सडक निर्माण कार्य बन्द गराउन माग राख्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र समेत बुझाएका छन्।
 
गाउँपालिकाले अषाढको अंत्यमा बजेट सकाउन सडक निर्माणको नाउँमा भूमियोग्य जग्गा मास्ने कार्य गरेको भन्दै किसानहरुले बुधबार गाउँपालिका कार्यालय समेत घेराउ गरेको थियो।

खेतीयोग्य जग्गामा सडक निर्माण गर्नुपर्ने आवश्यक्ता नरहेपनि गाउँपालिकाले आफूहरुसँग सल्लाहै नगरी ३० देखि ४० फिट चौडाईको सडक निर्माण गर्न लागेको स्थानीय किासन महावीर महतोले बताए।

खेतीयोग्य जग्गा मासेर सडक निर्माणको नाउँमा अनियमिमता गर्ने उद्देश्यलेल गाउँपालिका अध्यक्ष महेन्द्र महतोले टेन्डर नै नगरी उपभोक्ता समिति गठन गरेको आन्दोलित किसानहरुको आरोप छ। अध्यक्ष महतोले ८० देखि ८५ लाख लागतमा ४ वटा सडक  उपभोक्ता समितिमार्फत निर्माण गर्न लगाएको किसानहरुले बताए। अध्यक्षले उपभोक्ता समितिमा पनि आफू नजिककालाई मात्र राखेको उनीहरुको आरोप छ।

गाउँपालिकाले जग्गा अधिग्रहणपूर्व किसानहरुसँग सहमति नलिइएको, मुआब्जाको विषयमा छलफल नगरेको, जग्गा अधिग्रहण बाहेक सडक छेउमा गहिरो खाल्टो खनेको लगायतका आरोप किसानहरुको रहेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।