मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय सर्वोच्चले उल्ट्‍यायो 

राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय सर्वोच्चले उल्ट्‍यायो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले १४ भदौ ०७४ देखि अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ।
 
मन्त्रिपरिषद्को २० असारको बैठकले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्ति सबै बदर गर्ने निर्णय गरेको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालगायत पाँच जनाले आफूहरूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरित पदबाट हटाउन कुनै लिखित जवाफसमेत नमागेको र बिनाकारण बर्खास्त गरेको बताउँदै सरकारको सो निर्णय बदर गर्न माग गर्दै मंगलबार रिट दायर गरेका थिए।
 
रिटउपर बिहीबार प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले झालाई बहाल रहेको पदमा काम गर्न दिनु भनी अन्तरिम आदेश दिएको छ। आदेशमा मन्त्रिपरिषद्को २० असारको निर्णय कार्यान्वयन नगर्नु-नगराउनु भनिएको छ।
 
न्यायाधीश भण्डारीकै इजलासले कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रलाई समेत उनी कार्यरत पदमा काम गर्न दिन आदेश दिएको छ। झा र मिश्रसहित गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेल र खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले रिट दर्ता गराएका थिए। 

उपाध्यायको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा स्थगित गरिएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सो रिटउपर सुनुवाइ गर्न नभ्याएर हेर्दाहेर्दैमा राखेका थिए।

पूर्ववर्ती देउवा नेतृत्वको सरकारले झालाई ४ मंसिरमा, मिश्रलाई ६ कात्तिकमा, प्रसादलाई १६ कात्तिकमा र उपाध्यायलाई २५ मंसिर ०७४ मा नियुक्त गरेको थियो। मन्त्रिपरिषद्को २० असारको बैठकले गरेको निर्णयमध्ये प्रदेश प्रमुखलाई हटाउने निर्णय भने तत्काललाई स्थगित गरिएको कानुन मन्त्री शेरबहादुर तामाङले जनाएका थिए। 

यी व्यक्तिको जो जागिर खोसिनबाट जोगिए

युवराज भुसाल, अध्यक्ष, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

दिगम्बर झा, अध्यक्ष, दूरसञ्चार प्राधिकरण

चन्द्रसिंह साउद, प्रमुख कार्यकारी अधिकृत, नेपाल स्टक एक्सचेन्ज

नरेन्द्रराज बस्नेत, अध्यक्ष, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति

वसन्तप्रकाश उपाध्याय, महाप्रबन्धक, गोरखापत्र संस्थान

गंगाधर पराजुली, अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समिति

निकिता पौडेल, अध्यक्ष, चलचित्र विकास बोर्ड

मीनराज चौधरी, अध्यक्ष, गुठी संस्थान

नारायण चौधरी, प्रशासक, गुठी संस्थान

राजकुमार लामा, अध्यक्ष, बौद्धनाथ क्षेत्र विकास समिति

विष्णु मिश्र, अध्यक्ष, कर्जा सुरक्षण निगम

दक्ष पौडेल, सहअध्यक्ष, राष्ट्रिय सहकारी बोर्ड

चन्द्रमणि पौडेल, अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड

नवीनकुमार झा, अध्यक्ष, घरेलु तथा साना उद्योग विकास समिति

शालिकराम सिंह, अध्यक्ष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्

संगीता भण्डारी, उपकुलपति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

राष्ट्रिय युवा परिषद् र नगर विकास समितिका अध्यक्षहरू

बाढी तथा डुबान नियन्त्रण आयोजना, सुमन कर्ण

भुपेन्द्र प्रसाद, अध्यक्ष, खानेपानी संस्थान (बोर्डका सदस्यसमेत)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।