सोमबार, फागुन २५, २०८२

भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त

हिमबर्षा र चिसो मौसमका कारण अहिलेसम्म कुनै मृत्यु को पुष्टि नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताए।
 |  मंगलबार, पुस १३, २०७८

एएफपी

एएफपी

मंगलबार, पुस १३, २०७८

टोकियो- भारी हिमपातका कारण सोमबार मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ। 

National life

'कान्साई इलेक्ट्रिक पावर'का अनुसार यस क्षेत्रमा हिमपातका कारण विद्युत् आपूर्तिमा अवरोध आउँदा तीन हजार २०० भन्दा बढी परिवारहरू विद्युतविहीन अवस्थामा अन्धकारमा बस्न बाध्य बनेका छन्। अधिकारीहरूले सोमबार राति पनि थप हिउँपर्ने पूर्वानुमान गर्दै सावधानी अपनाउनका आग्रह गरेका छन्। 

हिमबर्षा र चिसो मौसमका कारण अहिलेसम्म कुनै मृत्यु को पुष्टि नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताए। 

मात्सुनोले भने, ‘हिउँदे वायुको कडा चापको केन्द्र उक्त क्षेत्रमा परेकाले भारी हिउँ परेको र मुख्यतया उत्तरीदेखि पश्चिमी जापानसम्मका सामुद्रिक क्षेत्रमा उच्च हिमपात भइरहेको छ। भोलि हिउँको मात्रा बढ्ने अनुमान गरिएको छ। अझ बढी सावधानी अपनाउनु आवश्यक देखिन्छ।’

‘अलपत्र परेका गाडीहरूको कारण शिगा क्षेत्रको एउटा प्रमुख सडक बन्द गरिएको भएपनि अपरान्हतिर गाडीहरू चल्न थालेका टिभी फुटेजमा देखिएको मात्सुनोले बताए। 

Laxmi sunrise bank
kumari

सार्वजनिक प्रसारक एनएचकेका अनुसार हाइकोन शहर नजिकै एउटा ट्रक चिप्लिएपछि ट्राफिक जाम सुरु भएको थियो। उक्त स्थानमा २४ घण्टाको अन्तरालमा ६८ सेन्टिमिटर (२६ इन्च) हिउँको सतह बनेको एएफपीले बताएको छ। हाइकोन शहर नजिकमा यो औसत भन्दा ३० गुणा बढी हिमबर्षा हो। 

प्रकाशित: Dec 28, 2021| 07:39 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।