शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • बङ्गलादेशमा गत हप्ता आगलागी भएको पानीजहाजका मालिक पक्राउ

बङ्गलादेशमा गत हप्ता आगलागी भएको पानीजहाजका मालिक पक्राउ

करिब ७०० यात्रुहरू दक्षिणी जिल्ला बार्गुना नजिकै सुतिरहेको अवस्थामा जहाजमा आगो लागेपछि कम्तीमा ३९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए।
 |  मंगलबार, पुस १३, २०७८

एएफपी

एएफपी

मंगलबार, पुस १३, २०७८

ढाका- बङ्गलादेश प्रहरीले सोमबार गत आगलागी भएको पानीजहाजका मालिकलाई प्रहरीले अनुसन्धानका लागि सोमबार पक्राउ गरेको छ।

National life

करिब ७०० यात्रुहरू दक्षिणी जिल्ला बार्गुना नजिकै सुतिरहेको अवस्थामा जहाजमा आगो लागेपछि कम्तीमा ३९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए। अनुसन्धानकर्ताहरूले सुरक्षाको बेवास्ता गरेको भन्दै उक्त घटनामा जहाज व्यवस्थापन र लगानीकर्तालाई दोषी ठहर गरेपछि प्रहरीले अनुसन्धानका लागि जहाजमालिकलाई पक्राउ गरेको हो। 

कूल ४२० जना मानिसलाई मात्र बोक्ने क्षमताको जहाजमा भारबहन क्षमताभन्दा अत्यधिक बढी यात्रु राखिएको र तीन तले उक्त जहाजबाट सुगान्धा नदीमा हामफाल्नुपरेको डरलाग्दो कथाहरू सुनाउँदै दोषी उपर कारबाहीको माग घटनामा बाँच्न सफल यात्रुहरूले गरेका छन्। 

मृतकमध्ये अधिकांश जहाजभित्र जलेर र निस्सासिएर मरेका थिए भने केही भाग्न खोज्दा पानीमा डुबेको उनीहरूले बताएका छन्।

पानीजहाजका मालिक हुम जलाल शेखलाई सोमबार पक्राउ गरिएको प्रहरी प्रवक्ताले सञ्चारकर्मीहरूलाई बताए। ओबिजान-१० का क्याप्टेन र चालक दलसहित आठ जनालाई अदालतले पक्राउ पुर्जी जारी गरेको एक दिनपछि जहाजका मालिकलाई पक्राउ गरिएको हो। 

समुद्री प्रहरी अधिकारी महबुबुर रहमानले उक्त जहाजमा पानीको गहिराइमा रहेको समय दुर्घटनाको सामना गर्न पर्याप्त अग्नि नियन्त्रक र साधनहरू नभएको बताए।

उनले भने, ‘हामीले बाँचेकाहरुसँग कुरा गर्‍यौं र उनीहरूले क्याप्टेनले जहाजको इन्जिन कोठामा आगलागी भएको झण्डै एक घण्टापछि मात्र जहाजलाई नदी किनारमा अवतरण गरेका थिए।’

‘यदि तिनीहरूले डुङ्गा लाई रोकेर तुरुन्तै लङ्गर लगाएको भए, यसले यी सबै बहुमूल्य जीवन बचाउन सक्थ्यो।’

बङ्गलादेशका विशेषज्ञहरूले मर्मत-सम्भारको कमी, सुरक्षा स्तर वेवास्था र समुद्री यात्रामा राखिएको अत्यधिक संख्या दुर्घटनाको कारण हुनसक्ने बताएका छन्। 

यस पहिले गत अगस्ट महिनामा यात्रुहरूले भरिएको एउटा यात्रुबहाक बालुवाले भरिएको मालवाहक जहाजसँग ठक्कर खाँदा कम्तीमा पनि २१ जनाको मृत्यु भएको थियो।


प्रकाशित: Dec 28, 2021| 06:55 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।