मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिन्दुराष्ट्र पुन:स्थापनाका लागि राप्रपाले जनजागरण अभियान थाल्ने

हिन्दुराष्ट्र पुन:स्थापनाका लागि राप्रपाले जनजागरण अभियान थाल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाललाई हिन्दुराष्ट्रको रूपमा पुन:स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी २ साउनदेखि काठमाडौंबाट राष्ट्रिय जनजागरण अभियान थाल्ने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरु, उपत्यकाका क्षेत्रीय अध्यक्षहरु, स्थानीय तहका अध्यक्षहरु तथा भातृ संगठनका पदाधिकारीहरु सम्मिलित बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष कमल थापाले पार्टीको विरगञ्जमा सम्पन्न केन्द्रीय परिषद बैठकले गरेका निर्णयलाई कार्यान्वयन गराउन साउन २ गते काठमाडौंबाट हिन्दु राष्ट्र पुन:स्थापनाका लागि जनजागरण अभियान थाल्ने घोषणा गरेका हुन्।
  
एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा पार्टीका एजेण्डा समाप्त भएको ठान्न नहुने भन्दै अध्यक्ष थापाले उत्साहका साथ संगठन निर्माणमा लागेर आगामी निर्वाचनमा पार्टीका एजेण्डालाई जनताबाट अनुमोदन गर्नतर्फ सक्रिय रहन कार्यकर्ताहरुलाई आग्रह गरे।

बैठकमा काठमाडौंका जिल्ला अध्यक्ष नवराज सिंखडा, ललितपुरका कार्यबाहक अध्यक्ष अष्ट महर्जन, भक्तपुरका जिल्ला सचिव मुकुन्द कार्की, राप्रपा युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, राप्रविसंका अध्यक्ष महेश बहादुर सिंह, राप्रमसंका महासचिव सरस्वती केसी अधिकारी, उत्पिडित उत्थान संगठनका केन्द्रीय सदस्य सरला विकलगायतले साउन २ गते काठमाडौंबाट शुरु हुने हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि राष्ट्रिय जनजागरण अभियानमा अधिकतम सहभागिता जुटाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।