मंगलबार, असार ३०, २०८३

निजामती कर्मचारी संगठनको ध्यानाकर्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–निजामती सेवा ऐन विधेयकको मस्यौदाका विषयमा कर्मचारी संगठनहरुले गम्भीर ध्यानाकर्षण जनाएका छन् । निजामति कर्मचारीका विभिन्न संगठनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघि बढाएको संघीय निजामती सेवा ऐन विधेयकको मस्यौदाको दफा ११९ मा उल्लेख गरिएको ट्रेड युनियन सम्बन्धी व्यवस्था र अर्थमन्त्रालयबाट असार १७ गते संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयलाई दिइएको १२ बुँदे सहमतीप्रती ध्यानाकर्षण भएको संगठनहरुले उल्लेख गरेका छन् । 

नेपाल निजामती कर्मचारी संगठनका केदारप्रसाद देवकोटा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका हरिबहादुर रावल, नेपाल निजामती कर्मचारी युनियनका गोपालप्रसाद पोखरेल तथा नेपाल मधेशी निजामती कर्मचारी मञ्चका भुवनेश्वर चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा राष्ट्रियस्तरका ट्रेड युनियनहरु, उच्च प्रशासकहरुमा देखा परेको स्वेच्छाचारिता र ट्रेडयुनियन आन्दोलन भित्र देखिएका अराजक गतिविधिलाई अन्त्य गर्दै जनतालाई सुशासनको प्रत्याभूति दिलाउन अग्रसर रहने उल्लेख गरिएको छ । 

संगठनहरुले आफ्ना मागको व्यवस्था गरे आधिकारिक ट्रेड युनियन मार्फत सबै किसिमका कार्यक्रम अघि बडाउने चेतावनी दिएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।