काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि पार्टीले संघर्ष गर्ने चेतावनी दिएका छन्।
पार्टीको महाधिवेशनअन्तर्गत बन्दसत्रमा सोमबार सम्बोधन गर्दै उनले भने, ‘हामी संविधान संशोधनका लागि सडक, सदन र सरकारसहित सबै क्षेत्रबाट संघर्ष गर्नेछौं।’
संविधानमार्फत उत्पीडित वर्ग, जाति, क्षेत्र तथा समुदायको पहिचान र अधिकारसहितको संघीयता संस्थागत गर्न नसकिएको दाबी उनको छ।