बुधबाररातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका सबै खोलाहरुमा बाढी आएको छ ।
बाढी सडक र बस्तीमा पस्दा सर्वसाधारण प्रभावित भएका छन् । हनुमन्ते र मनोहरा खोलाको बाढीले भक्तपुरमा डुबान भएको छ भने, गोदावरी खोलामा आएको बाढीले लुबुसहित ललितपुर प्रभावित भएको छ ।
त्यसतै बागमती खोला पनि अबिरल वर्षाका कारण उर्लेर आएको छ । उर्लदो बागमती कुपन्डोलको सुकुम्बासी बस्तीमा पस्दा नदी किनारमा रहेका सुकुम्बासी बस्ति डुबानमा परेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...