मंगलबार, असार ३०, २०८३

'अहिले स्विस बैंकमा पैसा राख्ने कुन नयाँ राजा हो ?'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा संघीय संसदका सांसद राजेन्द्र लिङदेनले अहिले पनि नेपालमा नयाँ राजा रहेको र उनीहरुले स्विस बैंकमा पैसा जम्मा गर्ने गरेको पाइएको खुलासा गरेका छन् । 

संघीय संसदको बिहीबारको बैठकमा आफ्नो धारणा राख्दै सांसद लिङदेनले ३३ अर्ब रुपैयाँ भन्दा बढी सम्पती नेपालीको नाममा स्वीस बैंकको खातामा रहेको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन् । 

संसद बैठकमा उनले सानामा राजारानीले स्विस बैंकमा पैसा जम्मा गर्ने सुनिएको भन्दै लिङदेनले सरकारले अहिलेका नयाँ राजारानी सार्वजनिक गर्नुपर्ने बताए । 

'हामी केटाकेटी भएको बेला गाउँघरतिर सुन्थ्यौं, यो देशको सारा सम्पत्ति राजारानीले स्विटजरल्याण्ड लगेर स्विस बैंकमा राखेका छन्, त्यो सम्पत्ति ल्याएर नेपालमा बाँड्यो भने प्रत्येक व्यक्तिलाई चार-चार तोलाभन्दा बढी सुन पुग्छ,' सांसद लिङदेनले भने, 'अहिले नेपालमा राजसंस्था विधिवत् रुपमा अन्त्य भइसकेको छ । यो अवस्थामा पनि सन् २००८ देखि २०१७ सम्ममा ३३ अर्बभन्दा बढी रकम स्वीस बैंकमा जम्मा भएको छ । कसले जम्मा गरेको हो, त्यसको विवरण चाहियो ।'

उनले संसदीय विशेष सुनुवाइ समितिमा पनि चार ठूला दलले सिण्डिकेट लगाएको आरोप लगाए । 'संसदीय सुनुवाइ विशेष समितिमा किन चार दलको मात्र सिन्डिकेट ?' लिङदेनले प्रश्न गर्दै भने, 'ठूला भनिएका दलहरुले भन्ने बेलामा समानुपातिक, जाति, लिंग, धर्म सबैलाई समेट्न भन्ने अनि निर्णय लिने बेलामा आफू अनुकुल मात्र गर्ने अरु कोही नचाहिने । यस्तो किन हुन्छ ?'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।