आइतबार, फागुन २४, २०८२

अफगानिस्तानमा महिलालाई एक्लै यात्रा गर्न रोक

आदेशमा भनिएको छ, ‘महिलाले लामो यात्रा गर्नुपरेमा उनको सथतामा कुनै पुरुष आफन्त साथमा हुनुपर्नेछ।’
 |  सोमबार, पुस १२, २०७८

एएफपी

एएफपी

सोमबार, पुस १२, २०७८

काठमाडौं- अफगानिस्तानमा तालिबान सरकारले महिलालाई बिना पुरुष लामो यात्रा गर्न रोक लगाएको छ। तालिबान सरकारले आइतबार यस्तो आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘महिलाले लामो यात्रा गर्नुपरेमा उनको सथतामा कुनै पुरुष आफन्त साथमा हुनुपर्नेछ।’

National life

अफगानिस्तानको नैतिकता प्रसार र व्यसन रोकथाम मन्त्रालयले बुर्का नलगाएका महिलालाई गाडीमा चढ्न नदिन पनि सवारीचालकलाई आदेश दिएको छ। मन्त्रालयका प्रवक्ता सादिक अकिफ महाजिरले भने, ‘कुनै महिला एक्लै ७२ किलोमिटरभन्दा बढी लामो यात्रा गर्न चाहन्छन् भने उनीहरूलाई गाडी चढ्न अनुमति छैन। उनका साथमा कोही पुरुष आफन्त हुनैपर्छ।’

यस्तै सरकारले सामाजिक सञ्जालमातर्फ पनि विभिन्न निर्देशहरू जारी गरेको छ। जसमा मानिसलाई कारमा संगीत नबजाउन पनि भनिएको छ। केही साताअघि मात्रै मन्त्रालयले देशका टीभी च्यानलहरूलाई महिला कलाकार देखाइएका कार्यक्रम प्रसारण  नगर्न निर्देशन दिएको थियो  टीभीमा कार्यक्रम प्रस्तुत गर्दा महिला पत्रकारलाई पनि टाउको छोप्न भनिएको थियो ।

मुहाजिरका अनुसार यात्रा गर्दा महिलाहरुले बुर्का अनिवार्य लगाउनुपर्नेछ। अधिकांश अफगान महिलाले बुर्का लगाउँछन्। बुर्का विभिन्न प्रकारका हुन सक्छन्।  तर तालिबान सरकारले कस्तो बुर्का लगाउन पाइने वा कस्तो नपाइने भन्ने स्पष्ट निर्देशन जारी गरेको छैन।

मानव अधिकारकर्मीहरूले सरकारको यस्तो आदेशको निन्दा गरेका छन्। यसअघि पनि तालिबान सरकारले महिला अधिकारलाई कुण्ठित गर्ने विभिन्न आदेश जारी गरिसकेको छ। यस्तै ठूलो संख्यामा महिलालाई सरकारी जागिर खान रोक लगाइएको छ।

Laxmi sunrise bank
kumari


प्रकाशित: Dec 27, 2021| 10:39 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।