मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सोलु खोला दूधकोसी हाइड्रोपावरमा पाइप पड्कियो, दुईको मृत्यु, एक जना घाइते

सोलु खोला दूधकोसी हाइड्रोपावरमा पाइप पड्कियो, दुईको मृत्यु, एक जना घाइते

पाइप पड्किँदा थप एक जना घाइते भएको प्रहरीले जनाएको छ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोसी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ । पाइप पड्किँदा थप  एक जना घाइते भएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको प्रहरीले जनाएको छ। घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको ज्यान गएको छ।

घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।  ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए। दुवै जनालाई ओखलढुङ्गा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।

प्रकाशित: Dec 27, 2021| 09:10 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।