मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तत्काल मेलम्चीको पानी उपत्यकामा ल्याएर भट्टराईको सपना पुरा गर्छु : खानेपानी मन्त्री चौधरी

तत्काल मेलम्चीको पानी उपत्यकामा ल्याएर भट्टराईको सपना पुरा गर्छु : खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौंवासीका लागि मेलम्चीको पानी चाँडोभन्दा चाँडो पुर्‍याउन आफूले गृहकार्य गरिरहेको बताएका छन्।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौंवासीका लागि मेलम्चीको पानी चाँडोभन्दा चाँडो पुर्‍याउन आफूले गृहकार्य गरिरहेको बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियन, खानेपानी मन्त्रालय विभागीय कार्यसमितिको आठौं विभागीय अधिवेशनको आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले भने, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको सपना पुरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीवासीलाई मेलम्चीको पानी खुवाउँछु।’

मन्त्री चौधरीले विगतको सरकारको जस्तो हतारमा लतार गरेर काम गर्ने पक्षमा आफू नरहेको भन्दै कांग्रेसको सरकारको पालामा काम हुने तर हतारमा विगतका सरकारले उद्घाटन गर्ने क्रियाकलापले विकृति र विसंगति नै फैल्याएको बताए। 

कर्मचारीहरूको सहयोगमा काठमाडौंवासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै मन्त्री चौधरीले आफूहरूले बनाएको नियम, कानुन र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताएका थिए।

‘निजामती कर्मचारी भनेकै सरकारको मेरुदण्ड हो। निजामती कर्मचारी युनियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन भएर दिएको योगदान सरकारलाई समेत सहयोग हुन्छ’, मन्त्री चौधरीले भने, ‘कर्मचारीको सेवा सुविधा, पेसागत हक हितको लागि युनियनको माग पुरा गराउन मत तयार छु। तर, सरकारको काम पनि कर्मचारीले गरेर देखाउनु पर्छ।’

मन्त्री चौधरीलेले मन्त्रालय मातहतका करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई राज्यले सम्मान गर्ने भन्दै प्रस्तावित निजामती ऐनमा रहेको कर्मचारीको पेसागत हित विपरीतका प्रावधान संशोधन गर्न आफूले पहल गर्ने बताए। 

कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमीलादेवी शाक्य बज्राचार्यले कर्मचारी युनियनले कर्मचारीको हक, हित, सुविधा र वृत्ति विकासका लागि उठाएका मागहरू पुरा गराउन मन्त्रालय तयार रहेको बताइन्।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीलाई विधि, प्रक्रिया र मापदण्ड पुर्‍याएर स्थायी गर्न माग गरे।

अध्यक्ष पोखरेलले हाल संसद्मा रहेको निजामती कर्मचारी सम्बन्धी विधेयक कर्मचारीको हित विपरीत भएको भन्दै कर्मचारीलाई संघबाट स्थानीय तहमा जबरजस्ती समायोजन गर्ने, उपसचिवभन्दा तल्लो तहका कर्मचारीको बृत्तिविकासमा अवरोध गर्ने, एकल युनियनको प्रस्ताव गर्ने तथा विभागीय कारबाही कडाइ बनाउँदै बिदा र सुविधा कटौती गर्ने प्रावधान संशोधन नभए सरकारविरुद्ध नै आन्दोलन गर्न युनियन बाध्य हुने चेतावनी दिए। 

प्रकाशित: Dec 27, 2021| 07:40 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।