मंगलबार, भदौ २, २०८३

हिमालमुनि छोम्रोङमा ल्होसार मेला सुरु

ल्होसार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजित २० औँ संस्करणको मेलामा भलिबल, बास्केटबल, छेलो हान्ने, घैटो फुटाउनेलगायतका प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

कास्की- तमु समुदायको पर्व ल्होसारका अवसरमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गतको अन्नपूर्ण गाउँपालिका-११ छोम्रोङमा सेन्चुरी युवा क्लबको आयोजनामा आइतबारदेखि चारदिने ल्होसार मेला सुरु भएको छ। 

ल्होसार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजित २०औँ संस्करणको मेलामा भलिबल, बास्केटबल, छेलो हान्ने, घैटो फुटाउनेलगायतका प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए। प्रतियोगिताअन्तर्गत भलिबलका लागि १४ टिम र बास्केटबलतर्फ १० टिम दर्ता भएको उनले बताए।

दुवै प्रतियोगिताको विजेता टिमले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै दोस्रो र तेस्रो हुने टिमले क्रमशः १५ र आठ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

मेलामा हुने छेलो हान्ने प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता र मेच घुमाइ प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कार दिइने अध्यक्ष गुरुङले जानकारी दिए। मेलाको एक कार्यक्रमका बीच उद्घाटन गर्दै नेकपा एमाले नेता एवं पूर्वयुवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पर्यटन क्षेत्र कोरोनाले समस्याग्रस्त बनेकाले उत्थानका योजनाबारे सोच्नुपर्ने बताए।

आफू युवा तथा खेलकुदमन्त्री हुँदा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) सम्पन्न गरेर देशको प्रतिष्ठा राखेको बताउँदै उनले त्यस समयमा युवा तथा खेल क्षेत्रको विकासमा केही महत्वपूर्ण काम भएको उल्लेख गरे।  रासस

प्रकाशित: Dec 27, 2021| 07:15 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।