काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन्। नेकपा माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।
'एमसीसी राष्ट्रघाती भनेको हुनाले मैले एउटा कुरा बोल्नै पर्यो। राष्ट्रघाती भन्या छ, भन्या छ। पढ्या छ कि छैन थाहा छैन, एससीसी कहाँ छ राष्ट्रघाती? मैले हेर्दा कहीँ राष्ट्रघात देख्या छैन, पहिला पढ्नुपरो,' प्रधानमन्त्री देउवाले भने, 'म पनि नेपालको प्रधानमन्त्री हुँ। नेपालको खिलाफमा किन जाउँला म? किन राष्ट्रघाती काम र सन्धि गरुलाँ म? तपाईंहरू सबै पढ्नुहोस्।'
देउवाले एमसीसी नेपालको हितमा भएको उल्लेख गरे। 'एमसीसीको अनुदान सित्तैमा आएको पैसा हो। सित्तैमा आएको पैसा चाहिन्न भन्या छ। एमसीसी नेपालको कानुन मान्छु भन्छ तैपनि मान्दैन। राम्रोसँग बुझ्नुपरो बुझ्नुपरो क्या मित्र। त्यसकारण यो विषयमा हामी छलफल गरेर अघि बढ्छौँ,' प्रधानमन्त्री देउवाले भने।