मंगलबार, भदौ २, २०८३

सेसेल्समा नेपालीलाई रोजगारीको अवसर

श्रम मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–सेसेल्सको सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आज शिष्टाचार भेट गरेका छन्। श्रम मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल–सेसेल्सको  सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो।

साथै उनीहरूबीच  नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारसमक्ष प्रस्तुत श्रम सम्झौताबारे पनि छलफल भएको थियो। मन्त्री श्रेष्ठले जेल सुरक्षाको लागि मात्र नभई प्रहरी सेवा र निजी क्षेत्रमा पनि अवसर दिने विषयलाई समेटेर द्विपक्षीय श्रम समझदारी गर्नुपर्नेमा जोड दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

कामदार छनोट, रोजगारी र स्वदेश फिर्तीलगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुंगो लगाउन उपयुक्त हुने धारणा उनले राजदूतसमक्ष व्यक्त गरेका थिए।

सेसेल्स सरकारले सुरक्षागार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान चाहेको जानकारी दिँदै राजदूत पिल्लेल खुला र उदार अर्थव्यवस्था भएको सेसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने बताउँदै सेसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने जानकारी दिए। उनले मन्त्री श्रेष्ठलाई सेसेल्स भ्रमणका निम्ति आमन्त्रण पनि गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Dec 26, 2021| 20:00 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।