मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपसभापति निधि-फिलिप भेटवार्ता, पूर्वाधार निर्माणमा जोड

उपसभापति निधि-फिलिप भेटवार्ता, पूर्वाधार निर्माणमा जोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान जारी भएर मात्र संघीयता कार्यान्वयन नहुने भएकोले प्रदेशको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन्।

नेपाल भ्रमणमा रहेका फोरम अफ फेडेरेशनस्का एसिया-अष्ट्रेलिया निर्देशक फिलिप गोन्जालेजसँग बुधबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको भेटमा उपसभापति निधिले प्रदेशको पूर्वाधारमा जोड दिएका हुन्।

उनले पर्याप्त साधनस्रोत विना प्रदेश सरकारलाई काम गर्न कठिनाई हुने उल्लेख गरे। प्रदेश सरकारले आफ्नो प्रदेशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर स्थानीयसंग छलफल र अन्तरक्रिया गरी समृद्धिका आधार खोज्नुपर्ने उपसभापति निधिको भनाई थियो।
 
उपसभापति निधिसँगको भेटमा फोरम अफ फेडेरेशनस्का एसिया-अष्ट्रेलिया निर्देशक फिलिप गोन्जालेजले नेपालजस्तै संघीय संरचना भएका देशमा फेडेरेशनस्ले गरेका कामबारे चर्चा गर्दै प्रदेशको पूर्वाधार र जनप्रतिनिधिको सशक्तिकरणमा जोड दिनुपर्ने उल्लेख गरे। 

सुशासनका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय यो संस्थामा क्यानडा, अष्ट्रेलिया, जर्मनी, स्वीट्जरल्याण्ड लगायतका १० राष्ट्र आबद्ध छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।