मंगलबार, असार ३०, २०८३

भक्तपुरमा १११ जनालाई सुरक्षित स्थानमा सारियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-बाढी प्रभावित भक्तपुरका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पूर्णचन्द्र जोशीका अनुसार हालसम्म एक सय ११ जनालाई उद्धार गरेर सुरक्षित स्थलमा पुर्‍याइएको हो । तीमध्ये अधिकांशलाई आफन्तका घरहरूमा पुर्‍याइएको एसएसपी जोशीले जानकारी दिए । 

भक्तपुरका चाँगुनारायण र मध्यपुर थिमी नगरपालिका सबैभन्दा बढी बाढीको चपेटामा परेका छन् । उद्धार गरिएका सबैजसो दुवै नगरपालिकाका बासिन्दा हुन् । राधेराधे इलाका बढी डुबानमा परेको छ । 

बाढीमा परी चाँगुनारायण-७ मझुवामा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । हनुमन्ते र ब्रम्हाणी खोलाको बाढीले ठिमी र बालकोट जोड्ने फलामे पुल बगाएको छ । दुवाकोट, सूर्यविनायक, इवामुरालगायत स्थान डुबानमा परेका छन् । 

चाँगुनारायण-९ मा पहिरो जाँदा भक्तपुर-नगरकोट सडक अवरुद्ध भएको छ । पलाँसेमा रुख ढलेर सडकमा अवरोध सिर्जना भएको थियो  

यस्तै, ललितपुरको भलेडाँडामा रुखको हाँगा भाँचिएर लाग्दा एक पैदल यात्रु घाइते भएका छन् । म्हेपीमा पनि रुख ढलेर सडक अवरुद्ध भएको छ । काठमाडौंको चाबहिलमा रुख ढल्दा चक्रपथ सडक अवरुद्ध भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।