मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माओवादीको केन्द्रीय कमिटीमा १५ पदाधिकारी रहने प्रस्ताव

माओवादीको केन्द्रीय कमिटीमा १५ पदाधिकारी रहने प्रस्ताव

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले १५ जनाको पदाधिकारी संख्या बनाउने प्रस्ताव गरेको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले १५ जनाको पदाधिकारी संख्या बनाउने प्रस्ताव गरेको छ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले आइतबारदेखि सुरु हुन लागेको आठौं राष्ट्रिय सम्मेलनमा पार्टीको पदाधिकारी संख्या १५ जना बनाउने प्रस्ताव गरेको हो। जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने प्रस्ताव गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। उनले केन्द्रीय कमिटीको फर्मेशन क्लष्टर अनुसार नै गर्ने निर्णय गरिएको पनि बताए।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए। प्रस्ताव पेस भए पनि सबै केन्द्रीय सदस्यलाई वितरण नगरिएका कारण त्यसउपर छलफल भने महाधिवेशनमै गरिने प्रवक्ता महराले बताए। केन्द्रीय कमिटी संख्या २९९ जनाभन्दा बढी हुने उल्लेख गर्दै उनले केन्द्रीय कमिटीको तर्फबाट प्यानल प्रस्तुत हुने बताए। सहमति हुन नसकेमा निर्वाचनमा जाने उनको भनाई छ। 

उनले भने,  ‘केन्द्रीय कमिटी संख्या २९९ मा बढी हुन्छ। केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव होला। त्यसमा असहमत भएका साथीहरूले राख्न सक्नुहुन्छ। सहमति भयो भने निर्वाचनमा जान्न। सहमति भएन भने जान्छ।’

माओवादी केन्द्रले सबै राजनीतिक दललाई महाधिवेशनमा निमन्त्रणा गरेको जनाएको छ। कोभिड १९ को कारण देखाउँदै विदेशी पाहुना भने कसैलाई बोलाइएको छैन। 

आइतबारदेखि सुरु हुने महाधिवेशन ३ दिनसम्म चल्ने तय गरिएको भए पनि ५ दिनसम्म जानसक्ने प्रवक्ता महराले बताए। माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबार दिउँसो ३ बजे काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा उद्घाटन हुँदैछ।

प्रकाशित: Dec 26, 2021| 13:01 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।