मंगलबार, असार ३०, २०८३

यसकारण डुब्यो भक्तपुर (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बुधबार रातिदेखिको मुसलधारे वर्षाका कारण बिहीबार बिहानैदेखि भक्तपुर क्षेत्र डुबानमा पर्‍यो । जल तथा मौसम विज्ञान विभागले त्यसलाई शहरी बाढी (अर्बान फ्लड) भएको बताएको छ । 

त्यो भनेको शहरी इलाकामा भवनलगायत संरचना बन्ने र पानीको बहाव थुनिने अनि वर्षाको भेल सीधै बस्तीमा पस्ने समस्या हो । 

बुधबार रातिदेखि बिहीबार बिहानसम्म उपत्यकामा मुसलधारे वर्षा भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मापन केन्द्रमा ९३ दशमलव ६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । भक्तपुरमा ८७ मिलिमिटर वर्षा मापन भएको छ । 

भिडियो हेर्नुहोस्

यस्तै, ललितपुरका खोकनामा ६८ दशमलव दुई र गोदावरीमा ९५ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौंका बुढानीलकण्ठमा ५० दशमलव दुई र सुन्दरीजलमा ७८ दशमलव चार मिलिमिटर वर्षा भएको छ । 

'यो छोटो समयमा भएको अत्यधिक वर्षा हो,' विभागका महानिर्देशक ऋषिराम शर्माले नेपाल समयसँग भने, 'त्यसमाथि निकास थुनिँदा डुबानको समस्या देखिएको हो ।'

दुई वर्षअघि पनि भक्तपुरमा यस्तै डुबानको समस्या देखिएको थियो । केही वर्षयता शहरी अव्यवस्थित बस्तीको समस्या भक्तपुर क्षेत्रमा बढी देखिएको छ । त्यससँगै भक्तपुर क्षेत्रमा खोला र नदीको बहाव क्षेत्रको अतिक्रमण अत्यधिक बढेको छ । ती क्षेत्रमा घर थपिने क्रमसँगै पानीको निकास साँघुरियो । खोला थुनिए/साँघुरिए, पानीले सहज निकास पाएन । 

ठाउँ-ठाउँमा पुल निर्माण गर्दा पनि खोला-नदीको बहावलाई दृष्टिगोचर गरिएन । 'दुई वर्षअघिकै घटना दोहोरिएको हो भक्तपुरमा,' महानिर्देशक शर्माले भने ।

विभागले बारम्बार शहरी क्षेत्रको पानी निकासमा रहेको जटिलताबारे चेतावनी पनि नदिएको होइन । तर, पत्ता लगाउनुपर्ने विषय हो, खोलाको बहाव कहाँ-कहाँ अवरुद्ध भएको छ र सहज निकासको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने । विभागको चेतावनीका बावजुद उपत्यकामा खोला/नदी अतिक्रमण रोकिनु साटो अझ बढ्दो क्रममा छ । दुई वर्ष अघिसम्म वर्षामा ठूलो परिमाणमा पानी बग्ने इलाका अहिले घरै-घरले भरिएका छन् । 

भक्तपुरका एसपी हिमालय श्रेष्ठका अनुसार बुधबार रातिको वर्षाका कारण मनोहरा र हनुमन्ते खोलाको पानी सीधै बस्तीमा पसेको पाइएको छ । पानी निकासको प्राकृति बहाव 'डोल'समेत भरिएको पाइएकाले वर्षा पनि अत्यधिक भएको बुझ्न गर्न सकिने एसपी श्रेष्ठले बताए । 

'खोला साँघुरा हुँदै गए । त्यसैले हनुमन्ते र मनोहरा खोलाले बितण्डा मच्चाए,' रातभर जिल्लाभरिको अवस्थाबारे अपडेट रहेका एसपी श्रेष्ठले भने । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।