आइतबार, चैत ३, २०८१

प्रदेश २ सरकारले आज प्रदेशसभामा अध्यादेश पेस गर्ने

प्रदेश २ सरकारले प्रदेशसभा बैठकमा अध्यादेश पेस गर्न लागेको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

जनकपुरधाम- प्रदेश २ सरकारले प्रदेशसभा बैठकमा अध्यादेश पेस गर्न लागेको छ। 

health

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ पेस गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव रञ्जित कुमार यादवले जानकारी दिए। 

केही साताअघि प्रदेश सरकारले ल्याएको दुई वटा अध्यादेशमध्ये प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा स्वीकृत भएपछि आज अर्को अध्यादेश पेस गर्न लागेको हो। 

प्रदेशसकारको तर्फबाट सामाजिक विकास मन्त्री नबल किशोर साहले सो अध्यादेश पेस गर्नेछन् भने उनले पेस गर्ने अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्न प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। 

अध्यादेश अस्वीकृत गर्ने प्रस्तावमा छलफल पश्चात् मन्त्री साहले जवाफ दिने र मन्त्रीले अध्यादेश पेस गरेपछि पुनः छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। आजकै बैठकमा यस अध्यादेशलाई स्वीकृत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: Dec 26, 2021| 10:56 आइतबार, पुस ११, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।