बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी महाधिवेशन : पाँच सय प्रहरी परिचालन, यस्तो छ ट्राफिक व्यवस्थापन

माओवादी महाधिवेशन : पाँच सय प्रहरी परिचालन, यस्तो छ ट्राफिक व्यवस्थापन

नेकपा माओवादी केन्द्रको आजदेखि सुरु हुन लागेको प्रथम राष्ट्रिय सम्मेलन एवं आठौं महाधिवेशनलाई लक्षित गरी नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको आजदेखि सुरु हुन लागेको प्रथम राष्ट्रिय सम्मेलन एवं आठौं महाधिवेशनलाई लक्षित गरी नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले शुक्रबारबाटै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरक्षा बढाएको छ।

कार्यक्रम स्थल प्रज्ञा प्रतिष्ठान क्षेत्रमा पनि उल्लेख्यमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

मेट्रोका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले माओवादीको सम्मेलनका लागि पाँच सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए। ‘दिनअनुसार परिचालन हुन्छ। प्रत्यक्षरुपमा खटिने जनशक्ति पाँच सय प्लस हुन्छ,’ उनले भने, ‘ पेरिसडाँडामा छुट्टै टोली खटिएको छ। आवश्यकताअनुसार थपिँदै जान्छ।’

‘उद्घाटन सत्रमा आउने भीआईपीहरुदेखि लिएर कार्यक्रमस्थलको सुरक्षा व्यवस्था मिलाइएको छ। बन्दसत्रका लागि पनि मिलाइएको छ,’ डीआईजी सुवेदीले थपे, ‘यसबाहेक थप हुनसक्ने अप्रिय गतिविधिलाई मध्यनजर गर्दै जनशक्ति परिचालन गरिएको छ।’

उनकाअनुसार सम्मेलनको सुरक्षाका लागि सीसीटिभी निगरानीदेखि कुकुर परिचालनसम्म गरिएको छ।

माओवादी महाधिवेशनलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ट्राफिक व्यवस्थापन पनि मिलाएको छ। ‘मान्छे र गाडीको मुभमेन्ट हुने प्रज्ञा भवन, कमलादी वरिपरीको क्षेत्रमा थप ट्राफिक र ट्राफिकलाई सपार्ट गर्न सिभिल पुलिस पनि खटाएर व्यवस्थापन गरिएको छ,’ सुवेदीले भने।

पार्किङस्थल प्रज्ञा प्रतिष्ठानको कम्पाउण्ड, पश्चिम एरियातिर पार्किङको व्यवस्था गरिएको छ। ‘धेरै भीडभाड नगर्ने र नेता कार्यकर्ता तथा केही पाहुनामात्र आउनेमात्र आउने भन्ने भएको हुनाले त्यति समस्या नहोला। यद्यपि मुभमेन्ट बढ्दै गए खुला मञ्चमा राख्छौं,’ उनले भने।

प्रकाशित: Dec 26, 2021| 08:50 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...