मंगलबार, असार ३०, २०८३

बाढीमा फेसका दुई जनाको हेलिकोप्टरबाट उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काभ्रे–लगातार परेको वर्षाले आएको बाढीमा फसेका दुई जनालाई हेलिकोप्टरको प्रयोग गरी उद्धार गरिएको छ । 

काभ्रको नमोबुद्ध नगरपालीका ६ खाक्सीको रोसी खोलामा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको काभ्रे प्रहरीले जनाएको छ । 

रोसीखोला पार गर्दै गरेका उनीहरु खोलामा एक्कासी आएको बाढीबाट बच्न डोजर अपरेट नारायण श्रेष्ठ र उनका सहयोगी खोलको बीचमा रहेको ठूलो ढुंगामा बसेका थिए । 

खोलामा पानीको बहाव बढेसँगै उनीहरुको ज्यान जोखिममा परेको सूचनापाएपछि प्रहरीको सक्रियतामा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रपलन्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले नेपाल समयलाई जानकारी दिए । 

 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।