मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा पहिलो पटक १७ वर्षीया छोरीले दिइन् बुवालाई दागवत्ती

कर्णालीमा पहिलो पटक १७ वर्षीया छोरीले दिइन् बुवालाई दागवत्ती

कर्णालीमा सम्भवत: पहिलो पटक छोरीले बुवाको दाहसंस्कार गरेकी छन्।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

मुगु- कर्णालीमा सम्भवत: पहिलो पटक छोरीले बुवाको दाहसंस्कार गरेकी छन्।

छायानाथ रारा नगरपालिका वडा नं ५ स्थित  साल्ट ट्रेडिङ्ग कर्पोरेशन मुगुमा कार्यालय सहयोगिका रुपमा काम गर्दे आएका वर्ष ४९ का ज्ञानबहादुर बुढाकी १७ वर्षीया छोरी अमदेवी बुढाले देहवशान भएका बुवालाई दागवत्ती दिएकी हुन्। 

छोरीले बुवाको दाहसंस्कार गरेपछि यहाँका स्थानीयले कर्णालीकै सर्वश्रेष्ठ छोरीको रुपमा उनको चर्चा गरिरहेका छन्। 

हिन्दू परम्परामा छोरा(पुरुष) ले दागवत्ती दिने प्रचलन भए पनि अमदेवीले बुवालाई दागवत्ती दिएकी हुन्। उनका दाजुभाइ पनि छन्। स्वर्गीय ज्ञानबहादुरका जेठा छोरा वीरेन्द्र र कान्छा छोरा महेन्द्रले बहिनीलाई पनि छोरा सरहको अधिकार रहेको भन्दै दागवत्ती दिने कुरालाई सहज रुपमा लिएका हुन्। 'बहिनीले हामी छोरा सरहको अधिकार पाउनुपर्छ, दिनुपर्छ भन्ने उद्देश्यले हामी दुई भाइको सल्लाह बमोजिम बहिनीकै हातबाट बुवाको दाहसंस्कार गरेका हौं' उनीहरुले भने।   

उनले दाजुभाइ नभएका महिलाले पनि दाहसंस्कार गर्न सक्छ भनेर समाजमा जानकारी दिन आफूले यस्तो गरेको बताइन्। 

'म एक नारी हुँ, घरकि कान्छी छोरी पनि हुँ। ग्रामिण प्रचलन अनुसार छोराले मात्र गर्नुपर्छ भन्ने चलन रही आएको छ र यो प्रचलनलाई नयाँ स्वरुपमा ढाल्न खोजेको हो' उनले भनिन्, 'यदी कसैका छोराहरु नभएर छोरी भए पनि बुवाको दाहसंस्कार गर्न सक्छन् भनेर यो कार्य गरेकी हुँ।'

दाईहरुको मात्र नभएर आफ्नो पनि वुबा भएका कारण अन्तिम संस्कारमा पनि हक भएको उनको भनाइ छ। 

काठमाडौंमा बसेर अध्ययन गर्दै आएकी उनले आफू पनि दाहसंस्कारमा उपस्थित हुने भन्दै एक दिन शव जलाउनबाट रोकेकी थिइन्। दोस्रो दिन शनिबार आर्यघाट पुगेर दिउँसो १२ बजे बुवा ज्ञान बहादुरलाई उनले दागवत्ती दिएकी थिइन्। 

छोरीले बुवाको दाहसंस्कार गर्छु भन्दै आग्रह गरेपछि नरोकेको मृतकका भाइ टोपबहादुर बुढाले बताए।

प्रकाशित: Dec 26, 2021| 06:47 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।