शुक्रबार, कात्तिक २८, २०८२

पत्रकारलाई सुत्केरी भत्ता र उपचार खर्च

प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारलाई औषधि खर्च र महिला पत्रकारलाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको छ। सङ्गठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

हेटौंडा- प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारलाई औषधि खर्च र महिला पत्रकारलाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने निर्णय गरेको छ। सङ्गठनको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

National life

प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ। 

सङ्गठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ति व्यतीत गरिसकेको भए पनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकाले प्रेस सङ्गठन मकवानपुरले अग्रज पत्रकारको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको बताइन्। 

यसैगरी सुत्केरी अवस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै सङ्गठनले सुत्केरी भत्ता दिने निर्णय गरेको अध्यक्ष थापाको भनाइ छ। 

प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न बैठकमा प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदु गौतम, पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासङ्घ बागमती महासचिव कृष्णसारु मगरलगायतको उपस्थिति रहेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 25, 2021| 21:20 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।