बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति भण्डारी

चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा मनाइने विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वले सबै नेपालीमा आपसी सद्भाव सहिष्णुता र एकताको भावनालाई सवल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन्।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा मनाइने विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वले सबै नेपालीमा आपसी सद्भाव सहिष्णुता र एकताको भावनालाई सवल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

येशु ख्रीष्टको जन्मदिन (ख्रीष्टमस) को अवसरमा राष्ट्रिय ख्रीष्टियन महासङ्घद्वारा आज राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विविधताबीच एकता र सद्भावको गौरवपूर्ण परम्परालाई हामीले अक्षुण राख्नुपर्नेमा जोड दिइन्। 

उनले सांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुकको विविधता कमजोरी नभई शक्ति भएको र यही नै मुलुकको मौलिक राष्ट्रिय पहिचान भएको उल्लेख गरिन्। राष्ट्रपति भण्डारीले भनिन्, 'हामीले आफ्नो हातलाई आफूलाई मनलागे जति फैलाउन स्वतन्त्र छौँ, तर त्यसले अरुको नाकमा ठेस पुग्नुहुँदैन भन्ने कुरा पनि सबैले विचार गर्नुपर्दछ, यसले नै आपसमा सद्भाव र सहिष्णुतालाई कायम गर्दछ।'

आ-आफ्ना फरक आस्था र विश्वास बोकेका भए पनि हामी सबै नेपाली भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले फरक आस्थाको कारणबाट देशप्रतिको माया र नागरिकको दायित्व बोधमा कुनै तलमाथि हुन नसक्ने बताइन्। उनले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको माध्यमबाट यस समुदायले मुलुकको विकासमा गरेको योगदानप्रति धन्यवाद दिइन्।

आ-आफ्नो आस्था विश्वास कायम राख्दै आमनागरिकको पहिचानलाई माथि उठाउन सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर हुनुपर्नेमा उनको जोड थियो। राष्ट्रपति भण्डारीले फरक आस्था र विश्वास बोकेका नागरिकप्रति राज्यका तर्फबाट समभाव र समव्यवहार हुनुपर्ने बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा हुने गरी प्रगति पथमा अघि बढ्नुपर्ने बताइन्।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले धर्मनिरपेक्षता मुलुक नेपालमा सामाजिक र धार्मिक सद्भाव कायम राख्दै समृद्ध देश बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको विकासमा लाग्नसमेत सबैलाई अनुरोध गरिन्। 

प्रकाशित: Dec 25, 2021| 20:50 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...