बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ कांग्रेस : महामन्त्री पदको मत परिणाममा विवाद कायमै, पराजित नरेश भन्छन्– मलाई विजयी प्रमाणपत्र दिनैपर्छ

प्रदेश २ कांग्रेस : महामन्त्री पदको मत परिणाममा विवाद कायमै, पराजित नरेश भन्छन्– मलाई विजयी प्रमाणपत्र दिनैपर्छ

प्रदेश २ मा कांग्रेस पदाधिकारीहरुको मतगणना सम्पन्न भए पनि शुक्रबार मतगणनाको क्रममा देखिएको विवाद भने साम्य भएको छैन।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

जनकपुरधाम– प्रदेश २ मा कांग्रेस पदाधिकारीहरुको मतगणना सम्पन्न भए पनि शुक्रबार मतगणनाको क्रममा देखिएको विवाद भने साम्य भएको छैन।

National life

महामन्त्री पदमा अगाडि देखिएका निधि–कोइराला समूहका नरेश यादवलाई निर्वाचन समितिले एक पटक विजयी घोषणा गरेर फेरि नियोजित ढंगले पछाडि पारेर उनका निकटतम प्रतिद्वन्द्वी बृहस्पतिकृष्ण श्रेष्ठलाई विजयी घोषणा गरेको आरोप लगाएपछि विवाद श्रृजना भएको हो। 

बृहस्पतिलाई निर्वाचन समितिले विजयी घोषणा गरेर प्रमाणपत्र दिइसकेको अवस्थामा नरेशले परिणाम अस्वीकार गरेपछि विवाद बढ्दै गएको हो। महामन्त्री पदमा पराजित भएका नरेशले एक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन समितिले आफूलाई षडयन्त्र पूर्वक पराजित गरेको आरोप लगाएका छन्। नरेशका अनुसार उनी ७ सय २४ मतका साथ दोस्रो स्थान ल्याएर विजयी भएका थिए भने बृहस्पतिले मात्रै ७ सय २१ मत ल्याएका थिए। 

नरेशलाई पराजित भएको घोषणा भइसकेपछि निर्वाचन समितिले उनलाई विजयी घोषणा गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जबकि निर्वाचन समितिले एक कोठाको मत जोड्न नपाउँदै नरेशलाई विजयी घोषणा गरिएको र त्यो आफूहरुबाट त्रुटी भएको स्वीकार गरि सकेको छ । निर्वाचन समितिका अनुसार महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी विजयी भएका छन् भने नरेशले ७७५ मत प्राप्त गरेका छन् । 

यता नरेशले ३ वटै कोठाको मत जोडेर मात्रै आफूलाई विजयी घोषणा गरिएको दावी गर्दै भने, ‘म विजयी भएको छु, आफूलाई विजयी भएको प्रमाणपत्र निर्वाचन समितिले दिनु पर्छ ।’

Shivam cement

प्रकाशित: Dec 25, 2021| 17:53 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।