बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसीलाई टुंगोमा पुर्‍याउन गठबन्धनमा छलफल भइरहेको छ : गृहमन्त्री

एमसीसीलाई टुंगोमा पुर्‍याउन गठबन्धनमा छलफल भइरहेको छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसीसी) लाई टुङ्गोमा पुर्‍याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छन्।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसीसी) लाई टुङ्गोमा पुर्‍याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छन्।

गोरखा उद्योग वाणिज्य संघको १६औँ अधिवेशनको उद्घाटन गर्न आउनुभएका उनले पत्रकारसँगको भेटमा एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारेमा सबै सकारात्मक हुनुपर्ने बताए।

'यो कुनै सैन्य गठबन्धन होइन, विद्युत् प्रसारण लाइन र सडक निर्माण, गरिबी निवारण र रोजगारी वृद्धिका लागि यो परियोजना नेपालले नै प्रस्तुत गरेको हो,' गृहमन्त्री खाँणले भने, 'एमसीसीले हामीले पेस गरेको परियोजनालाई स्वीकृत गरेको हो, यो सम्झौतालाई सदनबाट पारित गर्ने प्रावधान नेपालले राख्यो, त्यहीअनुसार नै यो पास हुनुपर्छ।'

एमसीसी सम्झौतालाई टुङ्गोमा पुर्‍याउन सत्तारुढ गठबन्धनले कार्यदल बनाएर छलफल सुरु गरेका छन्। केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकले सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको कार्यदल गठन गरेको थियो। फरक प्रसङ्गमा उनले निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताए।

राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ। स्थानीय तह र आम निर्वाचनको पनि चर्चा चलिरहेको उल्लेख गर्दै उनले अब हुने तीनै तहका निर्वाचनका लागि सबै तयार हुनुपर्ने बताए। 'आगामी निर्वाचनको सम्पूर्ण तयारी गर्न निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गरेको छ, सरकारले आयोगले भनेको जसरी नै तयारी र पूर्वतयारी गर्दै जान्छ,' गृहमन्त्री खाँणले भने।

निर्वाचनमा सहयोग पु¥याउने सरकारको दायित्व भएको जनाउँदै उहाँले आयोगले ल्याउने प्रस्तावअनुसार सरकारले आफूलाई प्रस्तुत गर्ने बताए।


प्रकाशित: Dec 25, 2021| 17:05 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...