शुक्रबार, कात्तिक २८, २०८२

निकुञ्‍जद्वारा ८८ अजिंगरसहित १०९ वन्यजन्तुको उद्धार

चितवन राष्ट्रिय निकुञ्‍जले चालु आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ। कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन्।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

चितवन- चितवन राष्ट्रिय निकुञ्‍जले चालु आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ। कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन्।

National life

उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिंगर छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ८८ अजिंगरको उद्धार गरिएको छ। चार बाघ, एउटा गैँडा, चार मगर गोही र १२ अन्य जनावर रहेका छन्। यी जनावरलाई निकुञ्ज बाहिर गएर जनतालाई दुःख दिइरहेको अवस्थामा उद्धार गरिएको हो। कतिपयलाई घाइते भएको अवस्थामा समेत उद्धार गरिएको उहाँले जानकारी दिए।

निकुञ्‍जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएका बाघले बस्ती पसेर जनतालाई दुःख दिएको र सामुदायिक वनमा घाँस दाउरा गर्न गएका मानिसलाई आक्रमण गरी मानवीय क्षति गरेको अवस्थाबाट उद्धार गरी ल्याइएको हो। उद्धार गरी ल्याइएका बाघलाई निकुञ्जको खोरमा राखिएको उनले बताए।

यस्तै त्रिवेणी क्षेत्रबाट एक गैँडालाई उद्धार गरी ल्याइएको छ। बर्दघाट–सुस्तापूर्वको त्रिवेणीमा बस्तीमा आएर अन्‍नबाली नष्ट गर्ने, मानिसलाई लखट्ने, समयसमयमा भारततर्फ जाने गरेका कारण गैँडालाई उद्धार गरी निकुञ्जको पूर्वी क्षेत्र सौराहामा ल्याएर छाडिएको छ। मानिसले प्रतिशोधका कारण मार्नसक्ने देखिएपछि गैँडाको उद्धार गरिएको उहाँले जानकारी दिए।

निकुञ्ज क्षेत्रबाट बस्ती पसेका अजिङ्गरलाई विगत पाँच महिनामा उद्धार गरिएको छ। बस्तीमा पसी घरपालुवा जनावर खाने, त्रासको वातारण सिर्जना गर्ने गर्न लागेपछि ती अजिङ्गरलाई उद्धार गरी पुनःनिकुञ्जको सुरक्षित स्थानमा ल्याएर छाडिएको तिवारीले जानकारी दिए।

Laxmi sunrise bank
kumari

यस्तै स्थानीयले माछापालनका लागि बनाएका पोखरीमा गएका मगर गोहीलाई उद्धार गरिएको निकुञ्जको तथ्यांकले देखाएको छ। नदी आसपासमा रहेका माछा पोखरीमा गएर माछा खाएर जनतालाई दुःख दिने गरेका ती गोहीलाई उद्धार गरी पुनःनदीमा ल्याएर छाड्ने गरिएको उनले बताए।

प्रकाशित: Dec 25, 2021| 16:45 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।