बिहीबार, भदौ ४, २०८३

शेखरभन्दा अघिल्लो वरीयतामा को-को छन् ?

सभापति देउवाको तजबिजमा वरीयताक्रम निर्धारण गरिएको एक पदाधिकारीले जानकारी दिए। सभापतिको निर्वाचनमा ४० प्रतिशत मत ल्याएका नेतालाई देउवाको तजबिजमा पार्टीको २० औं वरीयतामा राख्‍ने निर्णय भएको जनाइएको छ।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा दोस्रो स्थानमा रहेका शेखर कोइरालालाई कांग्रेस सभापति शेरबहादुर देउवाको तजबिजमा २० औं वरीयतामा राखिएका छन्। कांग्रेसमा यसअघि सभापतिका निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरीयता दिने गरिएको थियो।

सभापतिका लागि भएको निर्वाचनमा देउवाले दुई हजार ७३३ मत पाएर विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ८५५मत पाएका थिए। कुल ४ हजार ६२३ मत खसकोमा कोइरालाले ४० मत पाएका हुन्।

सभापति देउवाको तजबिजमा वरीयताक्रम निर्धारण गरिएको एक पदाधिकारीले जानकारी दिए। सभापतिको निर्वाचनमा ४० प्रतिशत मत ल्याएका नेतालाई देउवाको तजबिजमा पार्टीको २० औं वरीयतामा राख्‍ने निर्णय भएको जनाइएको छ।

कांग्रेस वरीयतामा अहिले जितेका १३ पदाधिकारीपछि  शशांक कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, सुनिल थापा रहेका छन्। कोइराला, केसी, महत, यादव र थापा पूर्वपदाधिकारी हुन्। त्यसपछि शेखर कोइरालाको नाम छ। 

वरीयता निर्धारणका लागि तीन वटा विकल्पमा छलफल भएको थियो। पहिलो विकल्प थियो– सभापति देउवा, रामचन्द्र र शेखरलाई राखेर वरीयता मिलाउने। यस्तै सभापति र पदाधिकारीपछि शेखरलाई राख्नुपर्छ भन्‍ने विकल्प पनि थियो। अर्थात् पूर्वपदाधिकारीभन्दा माथि शेखरलाई राख्नुपर्छ भन्‍ने विकल्पमा छलफल भएको थियो।

तेस्रो चाहिँ सभापति, पदाधिकारी र पूर्वपदाधिकारीभन्दा शेखरको वरीयता निर्धारण भन्ने विषयमा छलफल भएको ती नेताले जानकारी दिए।  सभापति देउवाले भने तस्रो विकल्प रोज्दै शेखरलाई २० औं वरियता दिएका हुन्। अब अन्य पूर्वपदाधिकारी पनि केन्द्रीय समितिमा मनोनीत गर्दा कोइरालाको वरीयता अझै खस्किनेछ।


प्रकाशित: Dec 25, 2021| 15:47 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...