मंगलबार, असार ३०, २०८३

पाल्पाको भालेबास खोलामा बस खस्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाल्पा- पाल्पाको भालेबास नजिकैको खोलामा यात्रुवाहक बस खसेको छ ।  बुटवलबाट पोखरा जाँदै गरेको लु१ख ७२७२ नम्बरको बस खोलामा खस्दा २६ जना घाइते भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ । सडकबाट बस सीधै खोलामा झरेको प्रत्यक्षदर्शीले जनाएका छन् । 

प्रहरी र स्थानीय मिलेर अहिले पनि उद्धार कार्य जारी राखेको पाल्पाबाट पत्रकार जगदिश भट्टराईले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पुर्याइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।