आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले कम्युनिस्ट नै रहेन, सूर्यमा ग्रहण लागिसक्यो : माधव नेपाल

एमाले कम्युनिस्ट नै रहेन, सूर्यमा ग्रहण लागिसक्यो : माधव नेपाल

'एमाले पार्टी काम नलाग्‍ने पार्टी भइसक्यो, त्यो पार्टी कम्युनिष्ट पार्टी नै रहेन,’ उनले भने, 'एमालेले सूर्य चिन्ह राखेको थियो, त्यसमा ग्रहण लागिसकेको छ।’
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

सुर्खेत- नेकपा एकीकृत सामाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी काम नलाग्‍ने पार्टी भइसकेको आरोप लगाएका छन्। शुक्रबार सल्यानको सदरमुकाम खलंगामा आयोजित जिल्लास्तरिय अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

'एमाले पार्टी काम नलाग्‍ने पार्टी भइसक्यो, त्यो पार्टी कम्युनिष्ट पार्टी नै रहेन,’ उनले भने, 'एमालेले सूर्य चिन्ह राखेको थियो, त्यसमा ग्रहण लागिसकेको छ।’

एमाले काम नलाग्‍ने भएपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी खोलेको उनको तर्क छ। 'हिजो हामी एमालेमा थियौं, अहिले एमाले पार्टीबाट विद्रोह गरेका छौँ,’ उनले भने, 'त्यो पार्टी काम नलाग्ने पार्टी भइसकेको छ, र कम्युनिष्ट पार्टी नै रहेन। एमालेले सूर्य चिन्ह राखेको थियो, त्यसमा पनि ग्रहण लागिसकेको छ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले सामूहिकतलाई अवलम्बन गर्न नसकेकै कारण नेकपा फुटेकोतर्फ इंगित गर्दै उनले एमाले कम्युनिष्ट पार्टी नभएको आरोपसमेत लगाए। 'केपी ओलीले त्यो बेलामा पार्टीको नेता बनेर पार्टीलाई ठिक ढंगले चलाएनन्। सामूहिकतालाई अबलम्बन गरेनन्। उनमा व्यक्तिवादी अहंकार बढेर गयो। जसरी रावणमा अहंकारी बढेको थियो, हिटलरमा अहंकार बढेको थियो, त्यसैगरी अहंकारी बन्‍न पुगे।’

अहंकारी व्यक्तिलाई कसैले मन नपराउने भन्दै निरंकुश र अहंकारी मान्छेहरुलाई कम्युनिष्ट हुन नसक्ने बताए। 'निरंकुश र अहंकारी मान्छे कम्युनिष्ट हुन सक्दैनन्। कम्युनिष्टको छाला हुनसक्छ, कम्युनिष्टको लुगा लगाउन सक्छ। कम्युनिष्टका गफ हाँक्न सक्छ तर उ कम्युष्टि रहँदैन,’ उनले भने, 'एमाले भन्‍ने चिज इतिहास भइसकेको छ, त्यहाँ पहिरोमाथि पहिरो गइरहेको छ, त्यो पार्टीमा बसेका मान्छेहरु पनि पछुताउनु थालेका छन्।’

kumari

एमालेमा कम्युष्टिट सिद्धान्त र आदर्श नरहेको आरोप लगाए। 'उनीहरु गफ लगाउन सक्छन्, झुटा कुरा गर्न सक्दछन्, झुट्टा र नक्कली कुरा गर्न सक्दछन्,’ उनले भने, 'तर उनीहरुको नक्कली कुरामा कोही पनि बहकीनु हुँदैन्।’ एमालेमा केपी बा भन्देमात्रै पुग्ने भन्दै उनले एमालेमा वाक्क भएर आफूहरुले विद्रोह गरेको समेत प्रष्ट पारे।

प्रकाशित: Dec 24, 2021| 16:40 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।