बागलुङ- माटाको ढिस्काबाट पुरिएर बागलुङमा एक जनाको मृत्यु भएको छ । बुधबार अपराह्न रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरका ६० वर्षीया बुमा कुँवरको मृत्यु भएको हो ।
ढिस्काबाट पुरिएर सोही ठाउँकी २८ वर्षीया कौशिला कार्की भने घाइते भएकी छिन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिएका छन् । घटनाबारे थाहा पाएपछि स्थानीयवासीले तिनको उद्धार गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४