मंगलबार, असार ३०, २०८३

क्रोएशिया र इङ्ल्याण्डबीचको खेल अतिरिक्त समयमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- क्रोएशिया र इङ्ल्याण्डबीचको सेमिफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल थप ३० मिनेटको अतिरिक्त समयतर्फ पुगेको हो । 

खेल शुरू भएको पाँच मिनेटमै अग्रता लिएको इङ्ल्याण्डले ६८ औ मिनेटमा एक गोल खाएपछि खेल बराबरीमा पुग्यो । आइभन भेरिसिकले गरेको गोलले दुवै टोलीलार्इ बराबरीमा पुर्‍यायो । यसअघि खेलको पाँचौ मिनेटमा गरेको गोलको अग्रताले पहिलो हाफ सकिँदासम्म इङ्ल्याण्डले क्रोएशिया विरूद्ध १-० को अग्रता लिएको थियो। 

डिबक्सबाहिर फल भएपछि क्रोएशियाविरूद्ध इङ्ग्ल्याण्डले फ्री-कीक पाएको थियो। त्यही मौकाको ट्रिपियरले सही सदुपयोग गर्दै खेललार्इ १-० को अन्तरमा पुर्‍याएका थिए ।  

खेल रुसको राजधानी मस्कोस्थित लुझनिकी रंगशालामा जारी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।