बिहीबार, भदौ ४, २०८३

प्रदेश २ कांग्रेस अधिवेशन : खस्यो १८८१ मत, गणना थाल्ने तयारी

धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ र बारा तथा पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिका सदस्य अरुण यादवले जानकारी दिए।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गतको मतदान कार्यक्रम सम्पन्न भएको छ। बिहान ९ बजेर ३६ मिनेटमा सुरु भएको मतदानमा १९३८ मध्ये १८८१ मत खसेको प्रदेश निर्वाचन समितिले जनाएको छ।

धनुषा र महोतरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ र बारा तथा पर्साको बुथमा ४६८ मत खसेको निर्वाचन समितिका सदस्य अरुण यादवले जानकारी दिए।

अब राती ११ बजेदेखि पदाधिकारीको मतगणना सुरु हुने उनले जानकारी दिए। उनका अनुसार पहिले सभापतिको मतगणना गरिनेछ।

प्रकाशित: Dec 23, 2021| 21:17 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...