आइतबार, चैत ३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • ओलीले भने, मैले साथ नदिएको भए प्रचण्डको उहिल्यै पत्तासाफ हुन्थ्यो

ओलीले भने, मैले साथ नदिएको भए प्रचण्डको उहिल्यै पत्तासाफ हुन्थ्यो

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई पत्तासाफ हुनबाट आफूले जोगाएको दाबी गरेका छन्। प्रचण्डको अस्तित्व आफूले बचाइदिएको ओलीको भनाइ छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

वीरगन्ज– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई पत्तासाफ हुनबाट आफूले जोगाएको दाबी गरेका छन्। प्रचण्डको अस्तित्व आफूले बचाइदिएको ओलीको भनाइ छ।

health

उनले पर्साको जगरनाथपुरमा आयोजित एमालेको  पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै भने, ‘मैले साथ नदिएको भए प्रचण्डको उहिल्यै पत्तासाफ हुन्थ्यो।’ ओलीले भागबन्डामै अलपत्र परेको कांग्रेस–माओवादीलाई आउँदो निर्वाचनमा जनताले पत्तासाफ गर्ने दाबी गरे। उनले आउँदो निर्वाचनमा नेकपा एमालेलाई विश्वास गर्न आग्रह गरे।

उनले प्रचण्ड र माधव नेपालका कारण देश रसातलमा पुग्न लागेको आरोप लगाए। अध्यक्ष ओलीले जालझेल गर्दै गठन भएको सरकारले बैंकमा तरलतादेखि सबै क्षेत्र अस्तव्यस्त बनाएको आरोप लगाए।

जनताले बैंकबाट कारोबार गर्न धितो लिन पनि नसक्ने अवस्थामा पुगेकाले देश फेरि गरिबीतर्फ धकेलिएको उनको भनाइ थियो। अदालतले गठन गरेको सरकारले दश चलाउन नसकेको आरोप ओलीले लगाए। 

पर्साको जगरनाथपुरमा आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली।

उनले एमाले नेतृत्वको सरकारले मुलुकबाट गरिबी हटाएको, बालबालिकालाई निःशुल्क पाठयपुस्तक उपलब्ध गराएको, वृद्धा भत्ता बढाएको दाबी गरे। 

मञ्चमा आउनासाथ १५० किलोको माला पहिराएर जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले ओलीलाई स्वागत गरेका थिए।  माओवादी केन्द्रका तर्फबाट जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित जालिम मियाँलाई एमालेमा पार्टी प्रवेश गराउन ओली पर्सा आएका थिए। नजिकका विद्यालय बन्द गराएर विद्यार्थीलाई पार्टी प्रवेश कार्यक्रममा उपस्थित गराएको थियो। 


प्रकाशित: Dec 23, 2021| 18:15 बिहीबार, पुस ८, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।