बुधबार, जेठ २०, २०८३

प्रदेश २ का नामका लागि ५ वटा प्रस्ताव पेश

मधेश प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट पेश गरिएको हो भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले सो प्रस्तावको समर्थन गरेको हो।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

जनकपुरधाम- प्रदेश २ को प्रदेशसभा बैठकमा नामाकरणका लागि ५ वटा प्रस्ताव पेश भएको छ। बिहिवार बसेको प्रदेशसभा बैठकमा  'मधेश प्रदेश', 'जानकी प्रदेश', 'मध्यमधेश प्रदेश' र मिथिला भोजपुरा' नामको प्रस्ताव पेश भएको हो। 

National life

मधेश प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट पेश गरिएको हो भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले सो प्रस्तावको समर्थन गरेको हो। 

त्यस्तै अर्का सत्तारुढ दल नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम जानकी प्रदेश प्रस्ताव पेश गरिएको हो। कांग्रेसले मिथिला भोजपुरा नामको प्रस्ताव पेश गरेको छ भने कांग्रेसकै प्रदेशसभा सदस्यले मध्य मधेश प्रदेश प्रस्ताव पेश गरेको हो। 

जसपाको तर्फबाट शैलेन्द्र कुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरत प्रसाद साह, नेकपा एसको तर्फबाट प्रमोद कुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेश गरेका हुन् भने कांग्रेसकै राजेश्वर प्रसाद साहले मध्यमधेश प्रदेश नामको प्रस्ताव पेश गरेका हुन्। 

नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने बिहिबार कार्यसूचीबाट हटाइएको हो। सभामुख सरोज यादवले शारदा थापाले नामाकरण सम्बन्धमा पेश गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए।

Shivam cement

प्रकाशित: Dec 23, 2021| 16:39 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।