जनकपुरधाम- नेपाली कांग्रेसको प्रदेश २ नया नेतृत्वका लागि जारी मतदानमा अहिलेसम्म ५० प्रतिशत मात्रै मत खसेको छ। ९ बजेर ३६ मिनेटमा सुरु भएको मतदानमा अहिलेसम्म ९ सय ७७ मत खसेको हो।
कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि प्रतिस्पर्धा भइरहेको छ।
बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा अबेर गरेर सुरु भएपछि मतदान प्रकृया लम्बिने भएको छ। मतदान अपरान्ह ३ बजेसम्मका लागि तोएिको थियो। यद्यपि ५० प्रतिशत मतदाता अझै मतदान गर्न बाँकी रहेकाले समय लम्बिने निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए। प्रदेश २ कांग्रेसमा १ हजार ९ सय ८० जना मतदाता रहेका छन्।