शुक्रबार, कात्तिक २८, २०८२

बागमतीमा पनि एमालेद्वारा संसद् बैठकमा अवरोध

नेकपा (एमाले)ले बागमती प्रदेशमा पनि संसद् बैठक अवरुद्ध गरेको छ। संघीय संसद्मा नाराबाजी गरेर बैठकमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशमा पनि अवरोध गरेको हो।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं– नेकपा (एमाले)ले बागमती प्रदेशमा पनि संसद् बैठक अवरुद्ध गरेको छ। संघीय संसद्मा नाराबाजी गरेर बैठकमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशमा पनि अवरोध गरेको हो।

National life

बागमती प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा एमालेका प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारको बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए।

यसपछि सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित भएको बताए। आजको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने  कार्यसूची थियो। 

यसैबीच, अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बागमती प्रदेशको प्रदेशसभा बैठक आजै दिउँसो २ बजे बसेको छ।

सभामुखले बैठक स्थगित गरेको केही समयपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे संसद् पुगेका थिए। करिब एक घण्टा सभामुख श्रेष्ठसँग मुख्यमन्त्रीले छलफल गरेपश्चात् प्रदेशसभाको अर्को बैठक बोलाइएको हो। मुख्यमन्त्रीले धादिङमा दिएको अभिव्यक्तिको बारेमा माफी माग्नुपर्ने र एमालेले ल्याएको योजना कटौती फिर्ता गर्नुपर्ने पनि माग एमालेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2021| 14:13 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।