काठमाडौं- कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयमा बुधबार छापा मारेका छन्। पटक-पटक सेवाग्राहीबाट गुनासो आएपछि मन्त्री, राज्यमन्त्री रामकुमारी चौधरी, सचिव गोपीनाथ मैनालीसहितका मन्त्रालयको टोलीले उक्त कार्यालयमा छापा मारेका हुन्।
छापा मार्ने क्रममा टोलिले सेवाग्राहीको चाप बढेको, काममा ढिला सुस्ती देखिएको लगायतको अस्तव्यस्ता भेटिएको थियो। अनुगमन गरिरहँदा प्रमुख मालपोत अधिकारी नविनकिशोर अधिकारीलाई ती सबै समस्याको जवाफ मन्त्री खनालले मागेका थिए।
जवाफमा प्रमुख अधिकारीले सकेसम्मको सेवा कार्यालयबाट प्रदान गरिरहेको बताए। त्यस्तै उनले हाल मन्त्रालयले अनलाइनबाट फारम भर्ने र डकुमेन्टहरु इस्क्यान गर्ने निर्देशन गरेकोले सोही निर्देशन पच्छ्याउदा ढिलो भएको बताए।
उनको अनुसार इस्क्यान गर्न धेरै समय लाग्ने त्यसमा इन्टरनेट समेत नचल्नाले भएकोले सेवा दिन ढिलो भएको हो।
मन्त्री खनालले मालापोत कार्यक्रम प्रमुख अधिकारीलाई हप्ताभित्र उठको पुँजीगत लाभकर, बैंक दाखिलाको अवस्था, अनलाइन प्रणालीमा जग्गा प्रशासन आबद्धको अवस्था, मोठ भिडानमा लाग्ने गरेको समय, कार्यालयको दरबन्दी, कार्यरत कर्मचारी, कार्यबोधलगायत सम्बन्धमा मन्त्रालयमा १४ बुँदे निर्देशन दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४