बिहीबार, भदौ ४, २०८३

खनाल निवासमा बस्यो एमसीसी अध्ययन कार्यदलको बैठक

सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) अध्ययनका लागि गठन गरेको कार्यदलको पहिलो बैठक सुरु भएको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) अध्ययनका लागि गठन गरेको कार्यदलको पहिलो बैठक सुरु भएको छ। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलको पहिलो बैठक बसेको हो। बैठक खनाल निवास डल्लुमा बसेको छ ।

खनाल नेतृत्वको कार्यदल तीन सदस्यीय रहेको छ। एमसीसी अध्ययन कार्यदलमा नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन्। एमसीसीका विवादित भनिएका बुँदा अध्ययन गरेर गठबन्धनको अर्को बैठकमा राख्नेगरी कार्यदल गठन भएको थियो।

कार्यदलले अध्ययन प्रतिवेदन पेस गरेपछि त्यसबारे साझा धारणा बनाएर जाने प्रयास गठबन्धनमा हुनेछ। 

प्रकाशित: Dec 22, 2021| 18:37 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...